

आज काठमाण्डौसहित केही ठाउँमा हल्का पानी पर्ने सम्भावना



काठमाण्डाै
देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । साथै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली नै रहने अनुमान छ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका अरु बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने छ ।
भोलि लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना देखिएको छ । अबको तीन दिन कतै कतै मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षा पनि हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया