

भारतलाई हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा



काठमाण्डाै
बाेर्डर गाभस्कर ट्रफीकाे तेस्राे टेस्टमा अस्ट्रेलियाले भारतलाई हराएकाे छ । इन्दाेरमा भएकाे खेलमा अस्ट्रेलियाले घरेलु टाेली भारतलाई ९ विकेटले हराएकाे हाे ।
खेलकाे तेस्राे दिन अस्ट्रेलियाले जितका लागि ७६ रनकाे सामान्य लक्ष्य पाएकाे थियाे । अस्ट्रेलियाले खेलकाे १९ औँ ओभरमै लक्ष्य भेट्यायाे ।
पहिलाे इनिङ्समा १ सय ९ रनमा अलआउट भएकाे भारतले दाेस्राे इनिङ्समा १ सय ६३ रन बनाएकाे थियाे । यस्तै अस्ट्रेलियाले पहिलाे इनिङ्समा १ सय ९७ रन बनाएकाे थियाे । याे जितसँगै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पुगेका छ । वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनल आउँदाे जुनमा बेलायतकाे ओभलमा हुनेछ ।
बाेर्डर–गाभस्कर ट्रफीमा भारत २–१ ले अघि छ । पहिलाे र दाेस्राे टेस्टमा भारतले अस्ट्रेलियालाई हराएकाे थियाे ।
अब फाइनलमा अर्काे टिमकाे टुङ्गाे भारत–अस्ट्रेलियाबीच हुने चाैथाे टेस्टले लगाउनेछ । भारतले त्याे टेस्ट जितेमा ऊ फाइनल पुग्नेछ । यदि भारतले त्याे टेस्ट हारेमा फाइनलमा पुग्ने दाेस्राे टिमकाे टुङ्गाे न्युजिल्यान्ड र श्रीलङ्काबीचकाे टेस्ट शृङ्खलापछि हुनेछ ।
श्रीलङ्काले यस महिना न्युजिल्यान्डमा २ वटा टेस्टकाे शृङ्खला खेल्दैछ । श्रीलङ्काले भारतलाई फाइनलमा पुग्न नदिन वर्ल्ड टेस्ट च्याम्पियनशिपकाे फाइनलमा स्थान बनाउन न्युजिल्यान्डलाई २–० ले हराउनुपर्नेछ ।
तस्बिर : इन्डियन क्रिकेट टिम


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया