

गण्डक नहरमा २ छोरासहित एक महिला बेपत्ता



काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा एक जना महिला दुई जना छोरासहित हाम फाल्दा बेपत्ता हुनुभएको छ ।
गण्डक नहरमा आज मङ्गलवार दिउँसो २९ वर्षीया प्रतिमा थारु नौ वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित हाम फाली बेपत्ता हुनुभएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।


प्रतिक्रिया