

टर्की र सिरिया भूकम्प : मर्नेको सङ्ख्या २२ हजार ३०० नाघ्यो



अनकारा
टर्की र सिरियामा पाँच दिनअघि गएको भूकम्पपछि राहत र उद्धार कार्य जारी छ । विश्वभरका राहत एजेन्सीहरू दुवै देशमा राहत कार्यमा संलग्न छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ । यद्यपि मृतकको सङ्ख्या लगातार बढिरहेको छ ।
हालसम्म भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २२ हजार ३ सय नाघेको छ । यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगान र सिरियाली राष्ट्रपति बसर अल असदले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । अर्दोगानले सोमबारको भूकम्पपछि सरकारले राहतको काममा अपेक्षित तीव्रता दिन नसकेको स्वीकार गरेका छन् ।
उता सिरियामा भूकम्पपीडितका लागि गएको राष्ट्रसंघीय राहत टर्कीको क्रसिङ प्वाइन्टमा पुगेको छ । तर राहत सामग्री ढिलो आउनुको कारणले राहतकर्मीमा निराशा छ । सिरियाको नागरिक रक्षा संगठन ह्वाइट हेल्मेट्सले सिरियाको अवस्था ‘धेरै विनाशकारी’ भएको बताएको छ।
दुबै देशका उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेका छन्। तर, अहिले यसमा बाँच्ने आशा घट्दै गएको छ । यद्यपि केही चमत्कारहरू पनि भइरहेका छन्। उदाहरणका लागि, टर्कीको दक्षिणी हाते प्रान्तमा एउटा पाँच तले भवनमा पुरिएका छ जना मानिसलाई जिउँदै बाहिर निकालिएको छ।
बीबीसी


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया