

टर्की भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुग्यो



भूकम्पमा परेर टर्की र सिरियामा ज्यान गुमाउनेको सङ्ख्या १५ हजार पुगेको छ ।
गएको सोमवार आएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या बझै बढ्ने अनुमान छ । अहिलेसम्म १५ हजार जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । भूकम्पका कारण कयौँ घाइते भएका छन् ।
भग्नावशेषमा पुरिएका कतिपयको अझै उद्धार हुन सकिरहेको छैन । राहत तथा उद्धारका प्रयास भइरहेका छन् भने हराइरहेकाहरुको खोजी पनि भइरहेको छ । आलोचकहरुले राहत तथा उद्धारको काम सुस्त भएको भन्दै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको आलोचना गरेका छन् । तर, राष्टपति एर्दोगानले भने सरकारको बचाउ गर्नु भएको छ ।
उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्दै स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ ।
आलोचकहरुले राहत र उद्धारको काम छिटो छरितो हुन नसकेको र सरकारी तयारी पनि प्रभावकारी नभएको प्रतिक्रिया दिएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया