

म्यानमारमा सङ्कटकाल थप ६ महिना लम्बियो



एजेन्सी
म्यानमारको सैन्य सरकारले सङ्कटकालीन अवस्थालाई थप ६ महिना बढाएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि म्यानमारमा सङ्कटकाल लागू भएको थियो । सैन्य सरकार अर्थात् जुन्ताका प्रमुख मिन आङ ह्लाइङले आपत्काललाई लम्ब्याउन गरेको आग्रहलाई स्वीकार गरिएको खबरमा उल्लेख छ ।
म्यानमारमा सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा झण्डै दुई हजार सात सयले ज्यान गुमाएका छन् भने सयौँलाई पक्राउ गरी थुनामा राखिएको छ । सैन्य सरकारको हिरासतमा रहेकी नेतृ सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय तोकिएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया