

विश्वकपको समयमा कतारको हाया कार्ड लिएकाहरू अर्को वर्षको माघसम्म निःशुल्क कतार आउजाउ गर्न पाउने


कतार
कतारले हाया कार्डको वैधताको अवधि बढाएको छ । फिफा विश्वकप फुटबलको समयमा विदेशी नागरिकलाई कतार प्रवेश गर्न प्रदान गरिएको हाया कार्डको अवधि बढाइएको कतारको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
गएको मङ्सिर ४ गतेदेखि कतारमा भएका विश्वकप अवधिभरका लागि कतार प्रवेशका लागि जारी गरिएको हाया कार्डको वैधताको अवधि २०२४ जनवरी २४ अर्थात् आउँदो वर्ष २०८० सालको माघ १० गतेसम्म कायम गरिएको हो । कतारको आन्तरिक मन्त्रालयले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत यो सूचना जारी गरेको छ ।
विश्वकपको समयमा लिएको हाया कार्ड भनेको कतारको भिसा वा प्रवेश अनुमति पत्र हो । यो कार्ड भएकाहरूलाई अर्को वर्षको माघ १० गतेसम्म जति पटक कतार जाँदा र फर्कँदा कुनै शुल्क लाग्ने छैन । यसका साथै हाया कार्डको प्रयोग गरी समुद्री पोर्टमार्फत समेत आवतजावत गर्न सकिने छ ।
यो कार्ड लिएका विदेशी नागरिकले फेरि कतार प्रवेश गर्न चाहेमा अब होटल तथा बस्ने खाने व्यवस्था गरेको प्रमाण साथमा हुनुपर्छ भने परिवारका सदस्य वा साथी लैजान परेमा भने त्यसको जानकारी कतारको सम्बन्धित निकायलाई जानकारी गराउन पर्ने छ ।
हाया कार्ड हुनेहरूको राहदानीको अवधि दिन महिनाभन्दा बढीको हुनु पर्छ भने कतार बस्दासम्मका लागि जीवन बिमा गरेको हुनुपर्छ ।
साथमा स्वदेश फर्कने टिकट पनि हुनुपर्छ । हाया कार्ड भएकाहरूले तीन जनासम्म परिवारका सदस्यहरूलाई कतार घुम्न बोलाउन सक्नेछन् ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया