

पाकिस्तानका बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड



काठमाण्डाै
पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । यो अवार्डका लागि बाबर आजमसँगै इङ्ल्यान्डका बेन स्टोक्स, जिम्बाब्वेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी सम्भावित थिए ।
गएको वर्ष पनि पाकिस्तानकै तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यो अवार्ड जितेका थिए । बाबरले सन् २०२२ को अन्तर्राष्ट्रिय क्रिकेटमा ४४ खेलमा २ हजार ५ सय ९८ रन बनाएका थिए । ८ शतक र १५ अर्धशतक थियो । टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटमा गरी २ हजारमाथि रन बनाउने बाबर यसवर्ष प्रमुख खेलाडी हुन् ।
बाबरको कप्तानीमा पाकिस्तान सन् २०२२ को टी–२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको थियो । उपाधि इङ्ल्यान्डले जितेको थियो । त्यस्तै बाबर आजमले सन् २०२२ को एकदिवसीय क्रिकेटर अफ दी इयरको अवार्ड पनि जितेका छन् ।
इङ्ल्यान्डका बेन स्टोक्सले टेस्ट क्रिकेटर अफ दी इयर अवार्ड जितेका छन् । भारतीय क्रिकेटर सूर्यकुमार यादवले पुरुष टी–२० क्रिकेटर अफ दी अवार्ड तथा नामिबियाका कप्तान जेरार्ड इरास्मसले एसोसिएट क्रिकेटरको अवार्ड जितेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया