

यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेन र इटली खेल्ने



एजेन्सी
यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेन र इटली खेल्ने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले सार्वजनिक गरेको ‘ड्र’ अनुसार सेमिफाइनलमा स्पेन र इटलीबीच प्रतिस्पर्धा हुने भएको हो ।
सन् २०२१ को सिजनमा पनि यी दुई देश सेमिफाइनलमा खेलेका थिए । त्यो खेलमा स्पेनले इटलीलाई २–१ गोलले हराएको थियो । फाइनलमा स्पेन फ्रान्ससँग २–१ गोलले नै पराजित भएको थियो । अर्को सेमिफाइनलमा क्रोएसिया र नेदरल्यान्ड्स खेल्नेछन् । यी सेमिफाइनलका खेल आउँदो जुन १४ र १५ तारिखमा हुनेछन् ।
तालिका अनुसार पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्स र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा इटली र स्पेन खेल्नेछन् । फाइनल र तेस्रो स्थानको खेल जुन १८ तारिखमा हुनेछ । सबै खेल नेदरल्यान्ड्समा हुनेछन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया