

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झर्यो



एजेन्सी
भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन ।
सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको यो पहिलो पटक हो । दिल्लीमा रहेको स्वास्थ्य विभागले जारी गरेको स्वास्थ्य बुलेटिनअनुसार कोभिड–१९ पाजेटिभ दर शून्य प्रतिशत रहेको छ । नयाँ सङ्क्रमित नभेटिए पनि त्यहाँ सक्रिय सङ्क्रमितको संख्या १० जना रहेको समाचार संस्था एएनआईले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९ जना कोभिडका बिरामी उपचारपछि घर फर्केका छन् । नयाँदिल्लीमा फैलिएको कोभिडका तीन लहरमध्ये सन् २०२१ को अप्रिल–मे को दोस्रो लहर सबैभन्दा सङ्क्रामक रहेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया