

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि आज मनोनयन दर्ता

दाङ । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको मनोनयन दर्ता भएको छ । सोमवार प्रदेश सभा सचिवको कार्यकक्षमा सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती र उपसभामुखका लागि राप्रपाकी मेनुका खाँडको मनोनयन दर्ता भएको हो ।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी समर्थक रहनुभएको छ । उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहनुभएको छ ।
मनोनयन दर्ताको समय बेलुका ५ बजे सम्मलाई दिइएको थियो । नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखका लागि मनोनयन दर्ता गरेको छैन । भोलि मङ्गलवार सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया