

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड



काठमाण्डाै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनुभएको छ ।
आज भक्तपुरमा गरिएको ८औँ राष्ट्रिय योग दिवस विशेष कार्यक्रममा उहाँले मानसिक रुपमा पनि तन्दुरुस्त हुन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनुभयो । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग र साधनाको आवश्यक रहेकोमा उहाँको जोड छ ।
भौतिक रुपले विकसित बनेका देशमा पनि आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै मानिस डिप्रेसनमा पर्ने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भौतिक विकास मात्रै सबथोक नरहेको बताउनुभयो । उहाँले योग शिक्षालाई नागरिकको पहुँचसम्म पुर्याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया