

ब्राजिलका सरकारी भवनहरूमा भएको आक्रमणको संयुक्त राष्ट्र सङ्घका महासचिवद्वारा निन्दा



एजेन्सी
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले ब्राजिलका सरकारी भवनहरुमा भएको आक्रमणको निन्दा गर्नुभएको छ ।
अस्ति ब्राजिलको संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण भएको थियो । गएको अक्टोबरमा भएको राष्ट्रपति चुनावमा हारेका कट्टर दक्षिणपन्थी नेता जायर बोल्सोनारोका समर्थकहरू संसद् र सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए भने राष्ट्रपति भवनलाई घेरेर आक्रमण गरेका थिए ।
राष्ट्र सङ्घका महासचिव गुटेरेसले यो कदमलाई लोकतन्त्रमाथिको उपहास भन्दै निन्दा गर्नुभएको छ । महासचिव गुटेरेसले नागरिक र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभएको छ ।
यसअघि ट्विट गरी अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ । त्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि आक्रमणको निन्दा गर्नुभएको थियो ।
लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकहरूले विरोध गरेका कारण सदन चल्न सकेको छैन । आक्रमणमा संलग्न रहेको आरोपमा झण्डै तीन सय जना पक्राउ परेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया