

बुरुन्डीमा हैजाको प्रकोप घोषणा : सडकमा पकाइएका खाद्यवस्तु बिक्रीमा रोक



एजेन्सी
बुरुन्डीमा हैजाकाे प्रकोप घोषणा गरिएको छ । बुरुन्डीका जनस्वास्थ्य नियन्त्रण मन्त्री सिल्वी न्जेइमानाले पूर्वी अफ्रिकी देशको वाणिज्य राजधानीका रुपमा रहेको बुजुम्बुरामा हैजाको प्रकोप घोषणा गर्नुभएको हो ।
अघिल्लो महिना बुजुम्बुराको उत्तरी क्षेत्रमा पखाला र बान्ताका लक्षणहरूसहित नौ जना व्यक्तिमा हैजा पुष्टि भएको थियो । त्यसैगरी अर्को मुताकुरामा पनि केही व्यक्तिहरूमा हैजा देखिएको र सङ्क्रमणका घटनाहरू बढ्दै गएपछि रोकथामको प्रयास गरिएको थियो ।
मन्त्री न्जेइमानाका अनुसार हैजा संक्रमित घरपरिवारलाई कीटाणुरहित गर्ने, महामारी फैलिने जोखिमबारे समुदायलाई सचेत गराउने र समुदायमा रहेका अन्य हैजाका बिरामीको खोजी गर्ने काम हुँदै आएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
गएको डिसेम्बर २६ देखि ३१ सम्म बुजुम्बुरा र आसपासका क्षेत्रमा परेको पानीले शौचालय भरिएपछि निस्केको फोहोरका कारण हैजाको प्रकोप देखापरेको अनुमान छ । बुरुन्डीको स्वास्थ्य मन्त्रालयले रोगको प्रकोपपछि बुजुम्बुरामा सडकमा पकाइएको र कच्चा खाद्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया