

क्रोएसियाविरुद्ध मोरक्कोसँग अर्को इतिहास बदल्ने मौका



एजेन्सी
‘विश्वकप २०२२ मा सातौँ खेल्न पाएकोमा मोरक्कोले आफूमाथि गर्व गर्नुपर्छ, भलै त्यो फाइनल खेल नभए पनि,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भनेका छन् । यसअघि २० वर्षमा मोरक्कोले विश्वकपमा ६ वटा खेल खेल्न पाएकोमा यो विश्वकप एक्लैमा मोरक्कोले ६ वटा खेल खेलिसकेको छ ।
ऐतिहासिक खेल प्रदर्शन गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो । तर बुधबार टोली फ्रान्ससँग पराजित हुँदै फाइनलमा प्रवेश गर्नबाट भने चुकेको छ । मोरक्कोले अब शनिबार प्रतियोगितामा तेस्रो स्थानको निर्णय गर्नका लागि क्रोएसियासँग भिड्नेछ । ‘हामी फाइनलमा खेल्न चाहन्थ्यौँ,’ रेग्रागुईले भने, ‘अब यो खेलमा जितेर हामी पोडियममा हुन चाहन्छौँ ।’
मोरक्को र सन् २०१८ को विश्वकपको फाइनलिस्ट क्रोएसियाले यो विश्वकपको अन्त्य त्यसरी नै गर्दैछन् जसरी उनीहरूले सुरुवात गरेका थिए – एक अर्काको सामना गरेर । गत नोभेम्बर २३ मा दुई टोलीले समूह एफ अन्तरगतको खेलमा गोलरहित बराबरी खेलेका थिए ।
आजको खेल क्रोएसियाका कप्तान लुका मोड्रिचका लागि विश्वकपमा अन्तिम खेल हुन सक्छ । तर क्राएसियाका प्रशिक्षक ज्लाटको डालिच भने ३७ वर्षीय रियल मड्रिडका मिडफिल्डर सन् २०२४ को युरोपियन च्याम्पियनसीपसम्म टोलीसँगै रहने विश्वास व्यक्त गर्छन् ।
विश्वकपको इतिहासलाई हेर्ने हो भने पछिल्ला १० विश्वकपमा युरोपियन राष्ट्रले नै तेस्रो स्थान जित्दै आएको छ । क्रोएसियाले यसअघि सन् १९९८ मा नेदरल्याण्डलाई हराउँदै तेस्रो स्थानमा जित हासिल गरेको थियो ।
आजको खेल खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ ८ः४५ बजेदेखि सुरु हुनेछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया