

विश्वकपको फाइनल खेल पोल्यान्डका मार्चिनियाकले खेलाउने



एजेन्सी
पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् ।
कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा सहयोग गर्नेछन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया