

कपिलवस्तुमा ट्रकको ठक्करबाट अर्घाखाँचीका १७ बर्षीय किशोरको ज्यान गयो



कपिलवस्तु । कपिलवस्तुमा बिहिबार ट्रकको ठक्करबाट अर्घाखाँचीका एक किशोरको ज्यान गएको छ । स्कुटरमा रहेका उनलाई ट्रकले ठक्कर दिएको हो ।
जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा अर्घाखाँचीका १७ बर्षीय सम्राट खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गम्भिर घाईते भएका उनलाई उपचारका लागी बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाईते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया