

बझाङमा जीप दुर्घटना : ७ जनाको ज्यान गयो, घाइते धेरैको अवस्था चिन्ताजनक



बझाङ – बझाङमा बुधवार दिउँसाे भएको जीप दुर्घटनामा सात जनाको ज्यान गएको छ । मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकाको केन्द्रका लागि छुटेको जीप दुर्घटनामा अरू १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
घाइतेहरूको जिल्ला अस्पतालमा बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
ज्यान गुमाउनेहरूमा मष्टा गाउँपालिका वडा नम्बर २ की १३ वर्षकी सम्झना खड्का, २५ वर्षका रोशन खड्का, ११ वर्षका प्रचण्ड खड्का, २८ वर्षकी वसन्ती धामी, ३८ वर्षका वीरेन्द्र अधिकारी, सात महिनाकी बालिका दक्षिका कठायत र मष्टा गाउँपालिकामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सेक्युरिटी पदमा कार्यरत झरेन्द्र बोहराको पहिचान खुलेको छ । एक जनाको पहिचान खुल्न बाँकी छ ।
जीप सडकबाट धेरै तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया