

प्युठानमा गुडिरहेको बसको ढोकाबाट लडेर महिलाको मृत्यु



प्युठान। प्युठानको सरुमारानी गाउँपालिका – २ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।
जिल्लाको ऐरावती गाउँपालिका (३ निवासी अन्दाजी ४५ वर्षिया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए।
खड्काका अनुसार मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी (३ नौघाट देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्वरको बसको ढोकाबाट खसेर पाण्डे गंभिर घाईते भएकी थिईन ।
घाइते पाण्डेलाई उपचारका लागि भालुवाङ स्थित राप्ती पोलिक्लिकमा लगिएकोमा पोलिक्लिनीकले मृत घोषणा गरेपश्चात पोस्टमार्टमका लागि लमही लगिएको प्रहरी नायव उपरिक्षक खड्काले बताए । उनले भने,’ ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डेले सन्तुलन गुमाएर लड्न पुगेको भन्ने खुल्न आएको छ।’
बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा







प्रतिक्रिया