

दुबईमा ‘कार वास’ गर्ने नेपाली युवक एकाएक बने करोडपति



काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेर (कार वासर)को रुपमा काम गरिरहेका नेपाली युवक भरत बिके एकाएक करोडपति बनेका छन् ।
भरतले दुबईमा चर्चित मजुज चिठ्ठामा एक करोड दिराम अर्थत ३४ करोड नेपाली रुपैयाँ जित्दै करोडपति बनेका हुन् । संचार माध्यम गल्फ न्युजले जनाए अनुसार भरतले विगत दुई वर्ष देखि यो चिठा किन्दै आएका थिए भने यति ठुलो धनराशी जित्ने उनी पहिलो नेपाली हुन् ।
‘यो पुरस्कारले मलाई धेरै कुरा प्राप्त गर्न मद्दत गर्ने छ , म यथाशिघ्र मेरो ऋण र अन्य खर्च तिर्ने छु ’उनलाई उध्रदत गर्दै गल्फ न्युजले लेखेको छ ।’
उक्त पैसा आफ्न तीन र पाँच वर्षिय सन्तानको भविष्यको लागि खर्चिने समेत उनको योजना छ । भरतले अब आफू करोडपति बने पनि सादा जीवननै बाच्ने सेमेत बताएका छन् ।
मजुज दुबईमा प्रख्यात लट्री चिठ्ठा हो । । मजुजका सिईओ फरिद सामजीका अनुसार धेरै नेपालीहरुले यस चिठ्ठामा सहभागिता जनाउँदै आएका छन् । ‘अहिलेसम्म करिव ३ हजार दुई सय जना नेपालीले मजुजमा विभिन्न श्रेणीको चिठ्ठा जितेका छन् जस मध्य पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जित्ने २८ जना रहेका छन् । सिईओ सामजीले भनेका छन् ।


खबर सबै
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम
-
सरकारले गोरखकाली टायर उद्योग ब्यूँत्याउने, ७ सार्वजनिक संस्थान पीपीपी मोडलमा चलाइने
-
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
-
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट बिनियाेजन
-
सडक पूर्वाधारका लागि ३७ अर्ब ४६ करोड विनियोजन











प्रतिक्रिया