शिवराजले गर्भावती कर्मचारीलाई दिएको दुख ‘ २० किलो मिटर बस, १ घण्टाको पैदल यात्रा’

कपिलवस्तु,
शिवराज नगरपालिकाका अनमी सपना गिरी मंगलवार निमित्त प्रमुख प्रसासकीय अधिकृत पुर्ण विश्वकर्मा सँग गुनासो गर्दै थिईन । ‘ सर मेरो कोखमा ४ महिनाको भु्रण छ । कार्यालय जान निकै सकस छ । न गाडी पाइन्छ न त्यहा पुग्न कुनै सजिलो विकल्प छ । कहिले हिड्दै पुग्नु पर्छ । यस अगाडी ३ पटक रहेको गर्भ तुहिएको थियो । बरु प्रसुती पछि जाउँला सर । गर्भावती भएर समस्या भएको छ ।’
उनको समस्या प्रति निमित्त प्रमुखले पनि कुनै विकल्प दिन खोजेनन् । बरु उल्टै प्रश्न सोध ‘ तपाईले के गल्ती गर्नु भएको थियो र गुनासो आएर सरुवा भयो ? निरास भएर फर्किएकी अनमी गिरीले मुहार विगार्दै भनिन् ‘विहान ८ बजे कार्यालय भेट्न हिड्नु पर्छ , राती घर पुग्दा ६ बज्छ । डाक्टरले सवारी साधनको कम प्रयोग गर्न भनेका छन् । स्थास्थ्यकर्मी भएर पनि मेरो बच्चाको सुरक्षा गर्न सक्दिन की ?’
शिवराज नगरपालिकाले ती गर्भावती कर्मचारीलाई दुख दिन कै लागि पालिकाको सबै भन्दा दुर्गम स्थानमा सरुवा गरेको रहस्य खुलेको छ । घर नजिकै नगरपालिकाको वडा नम्बर ९ सामुदायिक स्वास्थ्य ईकाई मा कार्यरत अनमी गिरीलाई ४० किलो मिटर टाढा सरुवा गरी दिएको छ । उनलाई नगरपालिकाको वडा नम्बर १० लालपुर स्वास्थ्य चौकीमा उनको सरुवा गरिएको छ । स्वास्थ्य चौकी सडक देखी करिब २ किलो मिटर भित्र रहेको छ । त्यहा पुग्न सवारी साधन समेत पाइदैन । उनको साउन ३० गने पूर्व प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले उनलाई सरुवा गराएका थिए ।
अनमी गिरीका परिवार र स्थानीय माओवादी कार्यकर्ता विचको विवाद लाई लिएर अनमी गिरीको सरुवा गरिएको स्रोतले बताउछ । धानखोला आमा समूहको लागि प्रतिघर १० हजार रुपैया उठाउने भनिए पछि गिरीको परिवारले पैसा दिन आनाकानी गरे पछि विवाद भएको बताइएको छ । उठाएको रकम पारदर्सी नदेखिए पछि रकम तिर्न आनाकानी गरे पछि दुख दिनका लागि नगरपालिकाको सबै भन्दा दुर्गम स्थानमा सरुवा गरिएको थियो । गिरीको स्थानमा श्रृष्टी गहतराजको सरुवा गरिएको छ । शिवपुर घर भएकी गहतराजलाई समेत सरुवा भएको स्थानमा पुग्न सास्ती खेप्नुपरेको छ ।
सरुवाको विषयमा स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराई सँग सोधपुछ गर्दा आफु विरामी भएर विदा बसेको बेला सरुवा भएको र सरुवाको कारण थाहा नभएको बताए ।

प्रतिक्रिया

खबर सबै