

प्रदेश राजधानीलाई मुलुककै नमुना बनाइनेछ : मुख्यमन्त्री के.सी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्मार्ट सहर सहितको राजधानीका रूपमा विकास गरिने बताएका छन् ।
कृषि विकास बैंक शाखा कार्यालय भालुवाङको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यसका लागि सरकारले जग हाल्ने काम सुरु गरिसकेको बताएका हुन् ।
मुख्यमन्त्री केसीले प्रदेशको राजधानी नदी सभ्यतामा आधारित राजधानी निर्माणको योजना सरकारले तय गरेको जानकारी दिए । राजधानी हाताभित्र पर्ने १४ वटा वडाका व्यवस्थित विकास गरी स्मार्ट सहरसहितको राजधानी बनाउने उनले बताए ।
स्थायी राजधानी निर्माणको गुरुयोजना तय गरिएकाले अबको चार वर्षमा नमुनायोग्य राजधानी निर्माण गरी सक्ने उनले बताए । राजधानी क्षेत्रको विकास लागि सरकारले ६०–४० रणनीतिक योजना सहितको जग्गा व्यवस्थापन योजना अघि सारेको उनको भनाई थियो ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया