

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । ७ असोजबाट सार्वजनिक प्रदर्शनको तयारमिा रहेको फिल्मको १ मिनेट ५८ सेकेन्डको ट्रेलरमा राजगद्दीको कथा छ । साउथ (दक्षिण भारतीय) फिल्म शैलीको ट्रेलरमा दर्घाको राजा (शिव श्रेष्ठ) राजगद्दी दुई छोरामध्ये कसलाई सुम्पिने भन्ने दोधारमा देखिएका छन् । उनी कान्छा छोरा (मनिष राउत) भन्दा जेठा छोरा (प्रेम उर्फ प्रदीप खड्का) लाई राजगद्दी सुम्पन चाँहन्छन् । तर, प्रेम गीत (क्रिस्टिना गुरुङ)को प्रेममा डुबेका छन् । जसका कारण उनलाई राजगद्दीको लोभ नै छैन ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् । फिल्मको हिन्दी डब चर्चित साउथका कलाकारले गरेको बताइएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया