

भलवाडबासीको पिडा उस्तै, एसईई पुरक परीक्षा दिने भलवाडका विद्यार्थीलाई कोइली खोलाले छेकेपछि

कपिलवस्तु,
गएराति देखी परेको वर्षाको पीडामा भलवाडका पुन्ह् विद्यार्थी परेका छन् । अविरल वर्षासंगै कोइली खोलामा आएको बाढीले एसईईको ग्रेड वृद्धि परीक्षा दिने भलवाडका विद्यार्थीलाई छेकेको हो । जनता मावि पिपरा परीक्षा दिनका लागि हिडेका ३४ जना विद्यार्थी बाढीले छेकेपछि निर्धारित समयमा परीक्षा दिन पाएनन् ।
उर्लदो बाढीले छेकेपछि ती विद्यार्थीलाई भलवाडमै परीक्षा दिने व्यवस्था मिलाइएको छ। निर्धारित समयभन्दा डेढ घण्टा पछि भलवाडमा परीक्षा केन्द्र तोकेर ती विद्यार्थीलाई परीक्षा दिने वातावरण मिलाइएको हो । उक्त परीक्षा कपिलधाम स्थित ध्यान आरोज्ञ मंन्दिरमा भई रहेको छ ।
विद्यार्थी परीक्षा दिन बन्चित भएपछि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला शिक्षा समन्वय इकाई कपिलवस्तुका अधिकृत अर्जुन कुँवर, बाणगंगाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिमबहादुर जिसी, कपिलवस्तु उद्योग बाणिज्य संघ कपिलवस्तुका प्रतिनिधि लगायतको टोली कोइली खोला पुगेका थिए ।
विद्यार्थीलाई खोलाले छेकेपछि सशस्त्र प्रहरी बल, पिपराको उद्धार टिम परिचालन गरी प्रश्नपत्र, परीक्षामा खट्ने शिक्षाका कर्मचारीलाई भलवाड लगिएको थियो ।
बाणगंगा नगरपालिका वडा नं. ९ को सिंगो वडा कोइली खोलाको समस्यामा छ । वर्षायाम लागेपछि कोइली खोला भलवाडबासीको तगारो बन्दै आएको छ । यहाँ व्यवस्थित पक्की पुल नहुँदा वर्षेनी भलवाडबासीले संकट झेल्दै आएका छन् ।
आजभन्दा दुई वर्ष पहिले कोइली खोलामा आएको बाढीले बगाउँदा तत्कालिन विद्युत प्राधिकरण गजेहडा वितरण केन्द्रका प्रमुखसहित तीन जनाको ज्यान गएको थियो ।
कोइली खोलामा पक्की पुल बनाउने कुरा उठ्न थालेको दशकौं बिते तर पनि अझै बन्न सकेको छैन् । गत बर्ष पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । तर, जग्गा विवादका कारण बजेट फ्रिज हुन पुगेको भलवाडबासी बताउँछन् ।
भलवाडबासीलाई कोइली खोलाको समस्या हुन लागेको बर्षौ भएको र पटक पटक यस विषयमा सरोकारवालालाई भने पनि कुनै सुनुवाई नभएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोकलराम घिमिरेले बताए ।
यो पनि पढ्नुहोस् …
- कोइलीले बगाएका बिरबहादुर मृत अवस्थामा फेला
- कोइली नदीमा हराएका मध्ये एक जनाको शव भेटियो-फोटो सहित
- कोइलीको कजवे : यस पटक पनि उही जोखिम
- कोइली खोलामा बेपत्ता पशुपतिको तेस्रो दिन खोजीकार्य जारी
-
भलवाड घटना अपटेड: जीप भेटियो तर वेपत्ता दुई अझै भेटिएन्, विहानैबाट खोजी…
-
भलवाडको कोईली नदीले बगायो एकै दिन दुई सवारी, एकको मृृत्यु दुईजना बेपत्ता
-
देशकै उत्कृष्ट नगरपालिकाको हालत ः दुई वडा जोड्ने पुल बाढीले डुबाउदा स्थानीय समस्यामा ,…


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया