

गायिका एलिना चाैहानकाे उपस्थितिमा लुम्बिनी भिजन कलेजले गर्याे विद्यार्थीहरुकाे भव्य स्वागत



लुम्बिनी भिजन कलेजमा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत
साझाकुरा । कपिलवस्तु जिल्लाको उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा परिचित लुम्बिनी भिजन कलेजका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका छन्।शनिबार बुटवलको बेलबासस्थित आरम्भ रिसोर्टमा आयोजित विशेष समारोहबिच नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहनुभएका शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कपिलवस्तुका प्रमुख उपसचिव माधब बन्जाडेले नवआगन्तुक विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफल शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले लुम्बिनी भिजन कलेजले छोटो समयमै उत्कृष्ट नतिजाका साथ कपिलवस्तु जिल्लामा मात्र नभइ देशकै एक अब्बल शैक्षिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको हुनाले निर्धक्क साथ आफ्ना बालबालिकाहरुलाई उच्च शिक्षाका लागि लुम्बिनी भिजन क्याम्पस रोज्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै क्याम्पसका प्राचार्य सुन्दर पाण्डेले युवाहरुलाई पढाइसँगै आफूहरुले टेक्नोलोजीमा जोड्दै अगाडि बढेको बताउनुभयो । उहाँले लुम्बिनी भिजन कलेज आफ्नो देशमै केही गर्नुपर्छ भन्ने हुटहुटी जागेका युवाहरुले सञ्चालन गरेको हुनाले अहिले समाजमा यसको चर्चा निकै चुलिएको बताउनुभयो । विगतका वर्षहरुमा यस क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षा लिन ठुला सहर धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । कलेजले आफ्नो छोटो शैक्षिक यात्राकै क्रममा कक्षा ११ र १२ तर्फ साइन्स र म्यानेजमेन्ट समूह, बिबिएस, बिबिए सञ्चालन गरिरहेको र बिएचएम र बिआइएमटीको सम्बन्धन प्राप्त गरिसकेको हुनाले आगामी शैक्षिक सत्रदेखि उक्त विषय समूहका कक्षाहरु सञ्चालन गरिने बताउनुभयो । उहाँले शिक्षाको क्षेत्रमा क्याम्पसको सिङ्गो टिम देशकै नमुना शैक्षिक संस्था बनाउने दिशामा अघि बढेको धारणा समेत राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययनमा केन्द्रित हुन समेत आग्रह गर्नुभयो।आगामी दिनमा कलेजलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ आफूहरू निरन्तर क्रियाशील रहेको उहाँको भनाइ थियो।
उक्त स्वागत कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार एलिना चौहानले आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिएकी थिइन । साथै कार्यक्रममा विद्यार्थीहरूले समेत विभिन्न साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु दिएका थिए।
कलेज परिवारका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम कक्षा १२ का तैयाब अली सेखको अध्यक्षता र अमृता चौधरीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो। उक्त स्वागत कार्यक्रम कक्षा १२ का विद्यार्थीद्वय मुस्कान थापा र कसिस पङ्गेनीले संयुक्त रूपमा सञ्चालन गरेका थिए।


खबर सबै
-
‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश
-
रिडीमा ‘रुरु महास्नान’ को तयारी
-
ध्वनि प्रदूषण नियन्त्रणमा रुपन्देही प्रशासनको कडाइ
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
यातायात व्यवस्था कार्यालय बुटवलबाट ७ बिचौलिया पक्राउ
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर







प्रतिक्रिया