

भलवाडको कोइली खोलाले बगाउँदा अर्घाखाँचीका पौडेल बेपत्ता



कपिलवस्तु, साउन २८
भलवाडको कोइली खोलाले बगाउँदा अर्घाखाँची धातीवाङका पशुपति पौडेल बेपत्ता भएका छन् । अर्घाखाँचीबाट आफ्ना आमा बाबुलाई उपचारका लागि बुटवल लिएर जाँदै गर्दा उनी कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कोइली नदीको कजवे पुलबाट नदीमा खसी बेपत्ता भएका हुन । उनी सवार गाडी लु २ प ५९०० नम्बरको गाडीबाट ओर्लीएर पैदल नदी तर्ने क्रममा उनी नदीमा खसेको स्थानीयले बताएका छन् । पौडेल सँगै उनका बुबा आमा र एक भान्जी सहित अन्य दुई जना सवार रहेका थिए । गाडीमा सवार अन्यको अवस्था भने सामान्य रहेको छ । साँझ प्रहरी सहित गोताखोरको टोलीले उनको खोजीकार्य जारी राखेको छ । बाँकी विवरण आउन बाँकी छ ।








प्रतिक्रिया