

भलवाड घटना अपटेड ः जीप भेटियो तर वेपत्ता दुई अझै भेटिएन्, विहानैबाट खोजी कार्य सुरु



ई–साझाकुरा भलवाड , असोज ८
वाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता छन्। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट निस्केर ज्यान जोगाए।
ईलाका प्रहरी कर्यलय पिपराका अनुसार खोलाले बगाएको जीप फेला परेको छ । बाढी वाणगंगा वडा नं। ७ र ९ को सीमामा पर्ने कोइली खोलामा आएको हो ।
विहानैबाट सुरक्षाकर्मीको टोली परिचालित भएको छ । हिजो दिउसो ४ बजेदेखि राति ८ बजेसम्म खोजी भए पनि वेपत्ता भएका २ जनाको शव नभेटिएपछि आज विहानै ५ बजेबाट खोजी कार्य सुरु भएको हो ।

खोजी कार्य सुरु भए पनि खोलामा पानीको सतह हिजोको भन्दा उच्च भएकाले थप समस्या भएको घटनास्थलबाट सशस्त्र प्रहरी वल पिपराका इन्स्पेक्टर चन्द्र प्रसाद ढकालले जानकारी दिनुभयो ।
६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् । हाम फालेर बाँच्न सफल मध्ये विजय पौडेल र पर्शुराम थारु विद्युतका कर्मचारीहरु हुन् भने कोपिला अधिकारी शिक्षका हुनु ।

अझै विद्यूत फ्यूज शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र केशव भाट क्षेत्री वेपत्ता छन् ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया