

भलवाडको कोईली नदीले बगायो एकै दिन दुई सवारी, एकको मृृत्यु दुईजना बेपत्ता



भलवाडको कोईली नदीले बगायो एकै दिन दुई सवारी, एकको मृृत्यु दुईजना बेपत्ता
असोज ७ कपिलवस्तु ।
झण्डै डेढ दशक देखि एउटै जोखिम रहेको कपिलवस्तुको कोईली नदिमा अचानक भयावह घटना भएको छ । कपिलवस्तुको सबैभन्दा पुरानो सडक बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत वाणगंगा नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ लाई जोड्ने एक मात्र सडक अन्र्तगतको कोइली नदीमा आएको बाढिले नेपाल विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाएको छ । गाडिमा सवार एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी रहेको छ । यस्तै सोही जिपमा सवार अन्य तीन जनाले हाम फालेर आफ्नो ज्यान बचाएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण कोइली नदीमा आएको बाढिले बुधबार दिउँसो उक्त जीप बगाएको हो । वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्का कर्मचारी केशव भाट क्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
विद्युत प्राधिकरण कर्मचारी सहित अन्य ६ जना सवार बा। १ च। १०८९ पजेरो जीप दिउसो करिब साढे ३ बजे बगाएको हो ।
नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप कोइली खोलाले बगाउँदा ३५ वर्षीय चालक माधव प्रसाद पाण्डेको मात्र शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
जीपमा सवार दुई जना वेपत्ताहरुको खोजवीनका लागि थप सेनाको टोली घटनास्थल तर्फ पुगेको बताइएको छ ।
जीप खोलामा डुवेपछि जनपद प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए । उनीहरुले खोलामा डुवेको जीप भित्रबाट चालकको शव वाहिर निकालेको शसस्त्र प्रहरी बेस पिपराका प्रहरी निरिक्षक अर्जुन ढकालले बताउनुभयो ।
जीपमा सवार ६ जना मध्ये ३ जना पौडी खेलेर बाच्न सफल भएका छन् । विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए ।
उद्धारका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटना स्थलमा खटिएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो । यद्यपि आज साँझ भएकोले खोलामा हराईरहेका थप दुई जनाको शव निकाल्न गाह्रो भएको छ ।
बुधबार विहान मात्र सोही पुलमा आएको बाढीले स्थानीय देवीराम पोखरेलको लु १२ प ३५०३ नम्बरको होण्डा बाइक बगाएको थियो । उक्त बाइकलाई स्थानीयले उद्धार गरेका थिए ।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया