

कोइलीको कजवे : यस पटक पनि उही जोखिम

राजेन्द्र खनाल, कपिलवस्तु । जोखिमपूर्ण नदीमा कहिले पुल बन्छ र ढुक्कले यात्त्रा गर्न पाइएला भन्दा भन्दै यो सडक भएर यात्रा गर्ने सबैको मनमा एउटै कुरा खेल्छ, खोलामा बाढी नआए हन्थ्यो । तर हरेक वर्षको वर्षायामका चार महिना यो जोखिम सधैजसो भोग्नुर्ने बाध्यता छ । यस पटकको वर्षामा पनि यो जोखिम कायमै रहेको छ ।
हाल कजवे पुल रहेको छेवैँमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन भई गत वर्ष भदौ महिनामा ठेक्का सम्झौता समेत भएको थियो भने काम पनि सुरु भएको थियो । हाल भने ठेकेदार कम्पनीबाट काम रोकिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ९ लाई जोड्ने मोतिपुर स्थित कजवे पुल जिर्ण भएपछि मोटरेवल पुल निर्माणका लागि ठेक्का प्रक्रिया पुरा भए सँगै काम समेत सुरु भएको थियो । काम सुरु भएसँगै सांसद देखि स्थानीय सम्मले खुसीका साथ सामाजिक संजालमा तस्बिर सहितका आफ्ना विचार समेत व्यक्त गरेका थिए । तर हाल भने काम रोकिएको छ ।
कोइली खोला (क) नाम दिइएको उक्त नदीमा वर्षौ देखि जिर्ण अवस्थाको कजवेबाट यात्रारत नागरिकहरु मोटरेवल पुल बने सँगै सहज यात्रा गर्न पाउने आशामा थिए । चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारबाट विनियोजित बजेट मार्फत डिपिआर भई पुल निर्माणका लागि टेण्डर अर्थात ठेक्का सम्झौता समेत भई निर्माण कम्पनीले काम थालेको भए पनि काम सुरु गरेको दुई महिना मै निर्माणको काम राकिएको छ ।
ठेक्का सम्झौता अनुसार सिद्धार्थ दर्शन हिमाली जे.भि कन्स्ट्रक्सन अर्घाखाँचीले निर्माणको जिम्मा लिएको थियो । २०७७ मै डिपिआर सम्पन्न भएको भए पनि प्रदेश सरकारले यस वर्ष सो पुलका लागि बजेट विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षको बजेटमा पनि सो बजेटलाई निरन्तता दिएको छ । तर विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले काम गर्न आनाकानी गरिरहेको छ ।
सरकारबाट बजेट विनियोजन भई ठेक्का प्रक्रिया मार्फत काम सुरु भएको भए पनि निर्माण कम्पनीले बिचमै काम छोड्दा यस पटकको वर्षामा पनि जोखिमको यात्रा गर्न नागरिक बाध्य हुने भएका छन् ।
यो पनि पढ्नुहोस् ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया