

कोइली नदीमा हराएका मध्ये एक जनाको शव भेटियो-फोटो सहित


अविरल बर्षासंगै आएको बाढीले बगाएर वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ को बर्गदवा भन्ने स्थानमा कोइली नदीले एक दम्पत्तीलाई बगाएको थियो ।
बाणगंगा– ७ निवासी २६ बर्षीय राममाया सुनारको शव बगेको ठाउँभन्दा एक किलोमिटर अगाडी भेटिएको त्यहाँबाट हाम्रा संवाददाता बाबुराम रायमाझीले जानकारी दिए ।
हाल नदीमा हराएका बीर बहादुर सुनारको खोजकार्य जारी छ ।
बीर बहादुर र लक्ष्मी श्रीमान, श्रीमती हुन् ।
कोइली नदी तर्ने क्रममा बुवाआमालाई नदीले बगाए पनि १२ बर्षीय छोरा निरज सुनार भने बाँच्न सफल भएका छन् ।
निरजलाई बाढीले नदी किनारमा उछुट्याएको र उनलाई देखेपछि स्थानीयले उद्धार गर्न सफल भएका हुन् ।
एका बिहानै घरबाट जंगलमा निहुरो टिप्न गएका र फर्केर आउँदा नदीले उनीहरुलाई बगाएको हो ।
अहिले इलाका प्रहरी कार्यालय पिपरा, शसस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय बाणगंगाको एक विशेष टोलीले नदीमा हराएका बीर बहादुरलाई खोजी कार्य जारी राखेको छ ।




खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया