दाङमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

रासस, दाङ । तीन दिनअघि दाङको घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल ९जलाशय० मा डुबेर बेपत्ता भएका एक पुरूषको शव फेला परेको छ।

घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए।

सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोंगी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए।

चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो।
आज सशस्त्र प्रहरी बल नेपाल नं २९ ज्वालामाई गण भालवाङका सशस्त्र प्रहरी सहायक कमल रेग्मीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ।

चौधरीको शव ड्याममा रहेको सुकेको रूखको जरासँगै हिलोमा गाडिएको अवस्थामा फेला परेको हो।

प्रतिक्रिया

खबर सबै