

दाङमा झाडापखाला : एक बालिकाको मृत्यु, अन्य १७ जना बिरामी

दाङ । दाङको सिमावर्ति क्षेत्रमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन् । बिरामी मध्ये ३ जना सिकिस्त छन् । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षिय सम्झना परियार रहेको स्वास्थ्य चौकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए ।
त्यस क्षेत्रमा झाडापखला फैलिएपछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली पुगेको छ । बिहिवार दिउँसोबाट झाडापखालाका बिरामी देखिएका थिए । बिरामीहरुको घरमै गएर उपचार सुरु गरिएको छ । स्थानीय भैंसाही खोलाको दुषित पानी खाँदा झाडापखाला फैलिएको प्रारम्भिक अुनमान गरिएको छ । खोलाको पानी धमिलो छ । जुन पानी स्थानीयले खादै आएका थिए ।
राजपुर गाउँपाफिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षिय अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षिय लालमति परियार, उनकी छोरी ३ वर्षिया सपना परियार, ५३ वर्षिय सेषमति बुढाथोकी, २३ वर्षिय विमला राना, डेर वर्षिय ९बालक० हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरि झाडापखालाबाट बिरामी भएको राजपुर गाउँपालिका अन्तर्गत राजपुर स्वास्थ्य चौकिका प्रमुख रावतले जानकारी दिए ।
यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी ३५ वर्षिय गंगाराम परियार, ३८ वर्षिय केशरबहादुर घर्ती, २८ वर्षिय प्यारी राना, १२ वर्षिय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षिय शोभा गिरि, ३७ वर्षिय सुनमालि कवर, ३३ वर्षिय पार्वती कवर, डेढ महिनाकि बालिका तुलसी घर्ती रहेका छन । सरसफाइको कमि र फोहोर पानिका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएको छ ।
राजपुर गाउँपालिमा अन्तरगत राजपुर स्वास्थ्य चौकि प्रमुख खिमबहादुर रावत, अहेव ताराप्रसाद विक लगायत स्वास्थ्यकर्मी स्थलगत रुपमा पुगेका छन ।


खबर सबै
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया