

दाङमा बलात्कार मुद्दामा फसाउने धम्की दिइ लाखौँ रकम असुल्ने ४ महिला र १ पुरुष पक्राउ

दाङ – बलात्कार मुद्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेकाे आरोपमा दाङका एक पुरुषसहित चार जना महिलाकाे समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले घटनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा रोल्पाकाे परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही १० की पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया पर्मिला नेपाली रहेको छन् ।
पक्राउ परेकी सर्मिलाले पीडित घर्तीलाई गएकाे साउन २६ गते राति ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् । त्यसलगत्तै पक्राउ परेका अन्य चार जना केहीबेरमा घरमा आइ डर देखाइ बलात्कारकाे मुद्दामा फसाउने धम्की दिएका थिए । त्यसपछि उनीहरूले पीडित घर्तीबाट नगद एक लाख र दुई/दुई लाखका दुई वटा चेक फरक-फरक मितिमा र एउटा चेक सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ बेइमानीपूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । प्रहरीले चेक बरामद गरिसकेको उहाँले बताउनुभयाे ।
पक्राउ परेकामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया