

पुख्र्याैली पेसामा भविष्य खेज्दै : दिप





राजेन्द्र खनाल, जितपुर । कपाल र दाह्री काटेर कसरी जीवन चल्छ ? धेरैले गर्ने प्रश्न हो यो । अवश्य चल्छ, त्यो पनि व्यावसायिक रूपमा । यसको प्रमाणित गरेका छन् कपिलवस्तुका दिप ठाकुरले ।
दिप पुर्ख्यौली पेसा सम्हाल्ने चौथो पुस्ताका युवा हुन् । उनले कपाल र दाह्री काटेर जीवन चलाएका मात्र छैनन् । नाई पेसालाई नै व्यावसायिक बनाउँदै आफ्नो पुस्तौँ पहिलेको रैथाने पेसालाई जीवन्तसमेत बनाएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित घेरवा बनगाइको बनगाइ– मोतिपुर सडक खण्डको बनगाइमा हाल उनी स्थापित छन् । उनीसँग आफु बाहेक एक जना कर्मचारी समेत हाल काममा सहभागी छन् । केही समय पहिले कपिलवस्तुका विभिन्न स्थानमा पेसा स्थापना गर्दै बनगाइमा स्थापित भएका दिप हाल वर्षले २२ मा लागेका छन् । उनी भन्छन्, “१५ वर्षको उमेर देखि यो पेसामा लागेको हुँ, धेरै ठाउँमा जागिर खान कोशिस गरेँ, भनेजस्तो कतै भएन । अन्तिममा आफ्नै पेसा सम्हालेँ ।”
दिपले बनगाइमा पुरुष व्यक्तिहरुलाई लक्षित गरी नाइ पसल संचालन गरेका छन् । उनको स्थायी घर कपिलवस्तुको कपिलवस्तु नगरपालिका स्थित जमुवार टोलमा हो । बाणगंगामा कोठा भाडामा बस्दै आएका उनी दिनभर नाइ पसलमा ग्राहकहरुका कपाल र दाह्री काट्नमा व्यस्त हुन्छन् अनि बिहानै कलेज समेत भ्याउँछन् । हाल उनी बाणगंगाको बुङ्चि स्थित सिद्धार्थ क्याम्पसमा बि.एड दोस्रो वर्षमा अध्ययनरत छन् ।
एउटा युवाले कसरी यो पेसा अँगाल्यो भन्ने प्रश्नमा ठाकुर भन्छन्, ‘हजुरबुबा, बाजेहरूले यही पेसा अँगाल्नुभयो । अन्यत्र जान पनि मन लागेन । आफैँ व्यवसाय गर्ने र आफैँ स्वरोजगार बन्ने योजनाले पुर्ख्यौली पेसालाई निरन्तरता दिएँ । आम्दानी राम्रो छ, सन्तुष्ट नै छु ।’
एक जमाना थियो गाउँगाउँमा डुलेर कापल काट्ने तर हाल गाउँ गाउँमा कपाल काट्नेहरु भेटिदैनन् । आज भन्दा एक शताब्दि पहिले भारताबाट नाइ बोलाएर नेपालका जमिन्दारहरुले कपाल कटाउने गर्दथे । तर हाल यो पेसामा रामाउनेहरु यत्रतत्र भेटिने गरेका कारण पछिल्लो पुस्ताले नाइ पेसालाई त्यति महत्व नेदिएको पाइन्छ । यहि पुस्ताका दिप ठाकुर भने आफ्नो जातिको पेसाको संरक्षण सँगै देशमै स्वरोजगार समेत बनेका छन् ।
एक शताब्दि अघिको यो पेसा हाल भने धेरै परिवर्तित भइसकेको छ । जमिनदारको घरमा पुगेर कपाल काट्ने पुरानो परम्परा पूरै फेरिएको छ । अहिले जमिनदार आफैँ नाईसम्म पुग्ने गरेका छन् । दिप भन्छन्, “यहाँका भद्रभलाद्मी देखि सबैलाई सेवा दिइरहेको छु, बालवालिका देखि बृद्धहरुसमेत कपाल काट्न आउनुहुन्छ, नेता देखि जनता सम्मको कपाल काटेको छु ।”
कुनै बेला मानिसको भीडभाड हुने स्थानमा टुल र कुर्चीमा कपाल काट्ने कैँची, काइँयो र गम्छा मात्रै राखेर बस्ने प्रचलन अहिले हटिसकेको छ । सुविधासम्पन्न भौतिक पुर्वाधारको साथमा सेवाग्राहीलाई आरामदायिक तरिकाले उनीहरुको चाहना र रहर अनुसारको डिजाइन दिने गरी कपाल काट्ने सुविधा बनिसकेको छ ।
हाम्रो समाजमा अहिले निकै कम मात्र पुर्ख्यौली पेसा पछ्याउने चलन छ । तर, दिप ठाकुर पुर्ख्यौली पेसामा रमाइरहेका छन् । सीपलाई थोरै पैसामा साटिएकै कारण पनि सीपको सम्मान नभएको हुन सक्छ । तर दिपले मासिक ७० देखि ९० हजार सम्म आम्दानी गर्छन् । सानो लगानीबाट व्यवसाय थालेका उनले कपलवस्तुका पकडी, राजापानी, बरवा, हुँदै यतिबेला बनगाइमा व्यवसाय हाकिँरहेका छन् । “सटर भाडा, बिजुली आदि खर्च कटाएर मासिक ५० हजार बचत हुन्छ उनी भन्छन् यो व्यवसायलाई अझै स्टान्डर बनाउने सोँचमा छु ।”
कपाल, दाह्री काट्दा सबैभन्दा सुरुमा सरसफाइलाई ग्राहकले बढी ख्याल गर्छन् । त्यसैले उनी आफ्नो सैलुनमा सबभन्दा बढी सरसफाइमा ध्यान दिन्छन् । कपाल काट्ने कैँची, मेसिन, टावेल, ब्लेड सबैको व्यवस्थापनमा ध्यान दिएका छन् । ‘सरसफाइमा सबैभन्दा बढी ध्यान त दिन्छौँ नै, हामीले युवापुस्ताको चाहनाअनुसार न्यू लुक्स पनि दिन्छौँ । त्यसैले युवापुस्ता अझ बढी हाम्रा ग्राहक बनेका छन्,’ उनले भने ।
सानो उमेर देखि नै पुख्र्याैली पेसामा रमउन थोलका दिप ठाकुर आफ्नो पढाइको निरन्तरता सँगै यही पेसामा नै भविष्य खोजिरहेका छन् । उनी चाहन्छन् अझै धेरैलाई रोजगारी दिन सकियोस् अनि व्यवासयको विस्तार गर्न सकियोस् । अबको केही समयमै पसलमा नयाँ डेकोरेसन सहित सेवा विस्तारको समेत उने योजना बनाएको बताएका छन् ।
कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । यही सुचिमा पर्ने जाति हो ठाकुर (हजाम) । अल्पसंख्यक जातिको पेसा र व्यवसायको संरक्षणमा नयाँ पुस्ताको आगमनले उनीहरुको मौलिक कला संस्कृति र पहिचानको समेत संरक्षणमा थप टेवा पुग्ने देखिएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया