

कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’



कपिलवस्तु | कपिलवस्तुको बाणगंगा ९ स्थित कोइलीचौरा साना किसान सामुदायिक वन उपभोक्ता समुहले गरेको वन विकासका काम र वनको स्रोतबाट प्राप्त आम्दानीको परिचालनको अवस्थाबारे प्यूठानका विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले अवलोकन भ्रमण गरेका छन् । आइतबार प्यूठानबाट वनको अध्ययन तथा अवलोकन भ्रमणमा आएका टोलीहरुले कोइलीचौर साना किसान सामुदायिक वनको अध्ययन तथा अवलोकन गरेका हुन ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर र भर्लाबासमा रहेको कोइलीचौर साना किसान सामुदायिक वनले भ्रमणमा आएका विभिन्न वनका भ्रमण टोलीलाई कार्यालयमा स्वागत गरी सामुदायिक वनले गरेको वन विकासका गतिविधि तथा खोल्साखोल्सी व्यवस्थापनका कार्य र वनको स्रोतलाई उत्पदानमा परिणत गरेका कार्यक्रमहरु बारे जानकारी गराएको छ ।
प्यूठान जिल्ला स्थित डिभिजन वन कार्यालय र सो मातहतका ६ वटा सव डिभिजन वन कार्यालयका प्रमुखहरु सहित विभिन्न पालिकामा रहेका २४ वटा सामुदायिक वनका अध्यक्ष, उपाध्यक्ष र सचिवहरुसहित पदाधिकारीहरुको भ्रमण टोली वन विकासका गतिविधिबारे जानकारी लिन कपिलवस्तुको बणगंगा स्थित कोइलीचौर साना किसान सामुदायिक वनमा आएको थियो ।
उनीहरुले यस वनले गरेको पुर्नउत्पादन कटान क्षेत्र, वृक्षरोपणका लागि तयार पारीएको वन क्षेत्र, वनले थालेको विजयसालबाट निर्मित वस्तुहरुको अवलोकन तथा आर्थिक स्रोतको व्यवस्थापन र परिचालनबारे जानकारी लिएको छ ।

कोइलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समुह आर्थिक वर्ष २०८०/०८१ मा डिभिजन वन कार्यालय कपिलवस्तु अन्र्तगत वन विकास तर्फ जिल्लामै उत्कृष्ठताको पुरस्कार प्राप्त सामुदायिक वन हो । यस अघि पनि प्यूठान तथा अन्य विभिन्न जिल्लाका सामुदायिक वनका पदाधिकारीले समेत यस वनको अध्ययन अवलोकन भ्रमण गरेका थिए । यसपटक २४ वटा सामुदायिक वनका पदाधिकारीले कोइलीचौरले सामुदायिक वनका क्षेत्रमा गरेका कार्यक्रमहरु बारे जानकारी लिए ।
उनीहरुलाई सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसालसहित पदाधिकारीहरुले वन सम्बद्र्धन प्रणालीमा आधारित वन विकासका कार्यक्रमहरु बारे जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालय प्यूठान र सव डिभिजनका प्रमुखहरुसहितको टोलीले कोइलीचौर सामुदायिक वनले वनको स्रोतलाई दिर्घकालिन सोचका साथ कटान, पुर्नउत्पादन र वृक्षरोपणका कार्यमा गरेको अभ्यासले आफूहरु प्रभावित भएको बताए । उनीहरुले भ्रमणमा सँगै रहेका सामुदायिक वनका पदाधिकारीहरुलाई पनि असल अभ्यासलाई व्यवहारमा लागु गर्ने गरी भ्रमण फलदायी बनाउन आग्रह गरे ।
उनीहरुले वन क्षेत्रको अवलोकनसहित वनका वार्षिक योजना र कामबारे पनि जानकारी लिएका थिए ।



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया