

रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?



राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशनको कार्यतालिका स्वीकृत गरेको छ। आज बसेको सचिवालय बैठकले वडा, पालिका र जिल्ला अधिवेशनको मिति तय गरेको हो। बैठकले प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।
यसैगरी पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ। रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते हुने भएको छ। रास्वपाले केन्द्रीय महाधिवेशनको तयारी गरिरहेको छ।
यस्तो छ कार्यतालिका :
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३ : वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९ : पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १० : पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
जेठ २३ र २४: जिल्ला अधिवेशन


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया