

कपिलवस्तुका नेवार समुदायले मनाए गाइजात्रा





कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा नेवार समुदायले शनिबार गाइजात्रा पर्व मनाएका छन् । बाणगंगा नेवार समाज कपिलवस्तुको आयोजनामा जितपुर स्थित होराइजन चोक देखि उनीहरुले आफ्नो धर्म र संस्कृती अनुसारका बाजागाजा सहित झाँकी निकालेका थिए ।
नेवार समुदायले हरेक वर्ष आफ्नो परिवारका दिवङ्गत भएका सदस्यको सम्झनामा गाइजात्रा मनाउने गर्दछन् । विशेष गरी काठ्माण्डौ उपत्यका सहित सो आसपासका जिल्लामा बढी हर्षाेउल्लासका साथ मनाइने गरीएको भए पनि लुम्बिनी प्रदेशका कपिलवस्तु सहित पाल्पा, रुपन्देही लगाएतका जिल्लामा पनि नेवार समुदायले गाइजात्रा मनाउने गर्दछन् ।
बाणगंगा नगरपालिका स्थित ठाकुरापुर निवासी सन्जय श्रेष्ठकी स्वर्गीय आमाको सम्झना स्वरुप गाइजात्रा विशेष झाँकी निकालिएको नेवार समाज बाणगंगाका अध्यक्ष चित्रलाल श्रेष्ठले जानकारी दिनुभयो । होराइजन चोकबाट निकालिएको झाँकी चार नम्बर जितपुर चोकमा परिक्रमा गरी ठाकुरापुर सम्म पु¥याइएको थियो ।
नेवार समुदायका बालवालिका देखि महिला तथा युवतिहरुले आफ्नो जातीका पोशाक सहित विभिन्न बाजा र नृत्य समेत प्रस्तुत गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया