

कोमाकीको नयाँ इलेक्ट्रिक स्कुटर डिटी ३००० नेपाली बजारमा

कोमाकीको नयाँ स्कुटर डिटी ३००० नेपालमा भित्राइएको छ ।
विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले स्कुटर नेपाल भित्राउको हो । ३ लाख ३० हजार रुपैयाँ मूल्य निर्धारण गरेर विक्री शुरु भएको यो स्कुटरलाई कम्पनीले हाई स्पिड सेग्मेन्टमा राखेको छ ।
६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक जडान गरिएको यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ । यसमा जडित ब्याट्रीले एक पटकको पूरा चार्जमा १४० देखि १६० किलोमिटरसम्मको माइलेज दिने दावी गरिएको छ । यसको टप स्पीड भने प्रतिघन्टा ८० किलोमिटरको छ । यो स्कुटरको रेटेड पावर ३ हजार र पिक पावर ५ हजार किलोवाट रहेको छ ।
यो नयाँ स्कुटरमा फायर फ्रूफ, वाटर प्रूफ, स्मार्ट बिएमएस एक्टिभ व्यालेन्सिङ, टिएफटी टच स्क्रिन र दुवै चक्कामा डिस्क ब्रेकलगालयत विशेषताहरू उपलब्ध गराइएको छ । स्टेनलेस स्टिल फ्रेम च्यासिस, दुवै साइडमा फुट रेष्ट, व्याक गार्ड र फराकिलो वुट स्पेस जस्ता फिचर्स समेत उपलब्ध छ ।
यो स्कुटर खरिद गर्ने पहिलो २० जना ग्राहकहरूलाई कम्पनीले २० हजार रुपैयाँ छुट दिने बताएको छ । यसबाहेक स्कुटर छोप्न कभर र एउटा राम्रो गुणस्तरको हेलमेट पनि निःशुल्क उपलब्ध गराइने कम्पनी स्रोतले बताएको छ । यो कालो, निलो, रातो र ग्रे गरी चार भिन्न कलर अप्सनमा उपलब्ध छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया