

कपिलवस्तुमा श्रद्धालुहरु जब सडकमा घस्रदैं मन्दिर सम्म पुगे





कपिलवस्तु । तिथि अनुसार साउनको अन्तिम सोमबार तौलिहवास्थित प्राचीन तौलेश्वर महादेव मन्दिरमा सयौँ श्रद्धालुहरुले घस्रँदै जलार्पण गरेका छन्।
बाणगंगाको रामघाट नदीमा स्नान गरी ४ किलो मिटरको कठिन यात्रा तय गरेर जलार्पण गरेका हुन्। प्राचीन भागीरथी रामघाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुढी खेल्दै तालेश्वर नाथ मन्दिरमा पुगका थिए।
जलार्पण यात्राका लागि भक्तजनहरु आइतबार राति नै भक्तजनहरु नदीमा पुगेका थिए। सोमबार बिहान स्नान गरी शरीरमा जल बाँधेर ५ देखि १० घण्टाको लामो यात्रा तय गरी उनीहरुले मन्दिरमा जल विर्सजन गरेका थिए। साउन महिना शिवको प्रिय महिनाका रुपमा रहेको पण्डितहरु बताउछन्।सयौँको संख्यामा युवायुतीहरु, महिलाहरु र पुरुषहरु घस्रँदै जलार्पण यात्रामा सरिक भएको तालेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए। भागीरथी नदीमा स्नान गरी ८ घण्टा घस्रँर्दै तालेश्वर नाथ मन्दिरमा पुगेका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ ठूलो बर्गदवाका जितेन्द्र महराले पारिवारिक सुखका लागि यो पून्य कार्य गरेको बताए। ‘३ वर्षदेखि यो कार्य गदै आएको छु, भालेनाथको आर्शिवादले सबै राम्रो भइृरहेको छ,’ उनले भने।
सोमबार बिहान २ बजे नदीमा स्नान गरी घस्रँदै साढे ९ बजे उनी मन्दिरमा पुगेका थिए। जिल्लाको सुद्धोदन गाउँपालिकाको फुलिकाको अतरपरी गाउँकी मीना कहारले तेश्रो वर्ष पनि सफलतापूर्वक जलार्पण गरेको बताईन्। राति ३ बजे बाणगंगाको रामघाट नदीमा स्नान गरी उनी मन्दिरमा ९ बजे बिहान पुगेकी थिईन्। ‘छोराको कामना गरेको थिए, भालेनाथले पूरा गरे’, मीनाले भनिन्, ‘त्यही खुशीमा यो यात्रामा सहभागी भएकी हुँ’। यस्तै भाकल गरेको कामना पूरा हुने विश्वासका साथ आफूले घस्र्रेर जलार्पण यात्रा गरेको कपिलवस्तु नगरपालिका–४ गोपालपुरका ३६ बर्षे जगपति पासीले बताए। छैठौँ वर्ष घस्रँदै जलार्पण सरिक भएका विश्वासका साथ भने, ‘भोले बाबाले मेरो मनोकामना अवश्य पूरा गर्नु हुनेछ, उहाँले जे मागे पनि पूरा गर्नुहुन्छ।’
साउनमा महिनामा पार्वतीले शिवको उपासनी गरेपछि शिवसँग विवाह भएको बताईन्छ। घसँ्रदै जलार्पणले महादेव खुशी हुने तथा मनाकांक्षा समेत पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। आइतबार राती नदी किनारमा भजन किर्तन, नाचगान गरी उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए।
जलयात्रामा ५० हजार बढी भक्तजन
यस वर्ष प्राचीन तालेश्वर नाथ मन्दिरमा साउनको अन्तिम सोमबार पचास हजार बढी भक्तजनहरु सरिक भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। विगत १४ वर्षदेखि तालेश्वर महादेव मन्दिरमा जलार्पण यात्रा सुरु गरिएको थियो। जलार्पण यात्राका अगुवाइ गरेका फुलिकाका शिवदास अकेलाले आफूले बाह्र वर्ष अघिदेखि सृुरु गरेको जलार्पण यात्राले सार्थकता पाउँदै गएको बताए।
जलार्पणको लागि भारत तथा नेपालकै विभिन्न स्थान तथा जिल्लाबासीको सहभागीता थियो। भारतको गोरखपुर लखनउ, शोहरतगढ तथा नेपालगञ्ज, दाङ, रुपन्देही लगायतका स्थानबाट समेत उल्लेखनीय रुपमा भक्तजनहरु आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए। तालेश्वर नाथ महादेवको महिमा बढ्दै गएकाले हरेक वर्ष जलार्पणमा भक्तजनहरुको संख्या बढ्दै गएको मेयर सुदी पौडेलले बताए। उनले मन्दिरको सुन्दरीकरण र र विकासमा नगरपालिकाले लगानी गर्दै जाने बताए।
रामघाट र तौलेश्वरनाथ मन्दिरमा भक्तजनहरुको ठूलो भीड लागेको थियो। मन्दिरमा जलार्पणका लागि राति २ बजेदेखि नै महिला र पुरुषको लाइन थियो। मन्दिरमा दिउँसो २ बजे सम्म भक्तजनहरुको थामी नसक्नु भीड थियो। भारतको उत्तर प्रदेशको शोहरतगढको सन्तोराबाट आएकी रुक्मिनी मिश्राले तालेश्वरनाथ महादेव मन्दिरको महिमाले जलार्पणका लागि आएको बताईन्। आफ्नो गाउँबाट ५ वटा ट्याक्टरमा गाउँलेहरु जलार्पणका लागि आइताबार नै आएको बताईन्। नागरिक न्युजमा पत्रकार किरणमान बज्राचार्यले सामाचार लेखेका छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया