

दाङमा गोठ भत्किँदा एक बालिकाको ज्यान गयो

दाङ । दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ ।
शनिबार विहान सवा ७ बजेतिर घोराही उपमहानगरपालिका–९ इब्राहिम मियाको गोठ भत्किदा उनकी छोरी दुई बर्षीया अविता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान गोठ भत्किँदा नजिकै खेलिरहेकी बालिका च्यापिएर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया