अनेम संघ बाणगंगा ५ मा कमिटी गठन, अध्यक्षमा रेखा ढकाल

सिर्जना आचार्य, कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ बाणगंगा नगरपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन भएको छ ।

तुलासा भण्डारीको अध्यक्षतामा बसको बैठकमा प्रमुख अतिथि अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष चेतना अधिकारि, अखिल नेपाल महिला संघ जिल्ला सचिब धनु अधिकारि, वाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य पीताम्बर बि क, अनेमसंघ जिल्ला सचिवालय सदस्य पार्वती आचार्य, सदस्य रुपा पालुङ्गे मगर लगाएतको आतिथ्यमा बैठक सम्पन्न भएको छ।

उक्त बैठकको संचालन पार्वती आचार्यले गर्नु भएको थियो भने स्वागत मन्तव्य मीना भुसालले गर्नुभएको छ । बैठकले समिति चयन पनि गरेको छ जसको अध्यक्षमा रेखा ढकाल, उपाध्यक्ष मीना भुसाल, सचिव सरस्वती खडका , उपसचिव ज्योति खत्री , कोषाध्यक्ष जानकि गिरि रहनुभएको छ।यस्तै सदस्यहरु सावित्रा बराल , शोभा क्षेत्री माया न्यौपाने , मन्जु खनाल अनिता पोखरेल सुनिता पाण्डे , तुलसा अधिकारि, सम्झना , रिता चौधरि चयन हुनुभएको छ ।

प्रतिक्रिया

खबर सबै