

बाणगंगा ९ मा कांग्रेसको चुनावी समिक्षासहित निर्वाचित सदस्यलाई बधाइ ज्ञापन



कपिलवस्तु । नेपाली कांग्रेसले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ मा सम्पन्न स्थानीय तहको समिक्षा सहित पार्टीबाट निर्वाचित प्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेको छ ।
बैशाख ३० को निर्वाचनबाट बाणगंगामा दुई सदस्य पदमा मात्रै जित हात पारेको कांग्रेसले अन्य पदमा पराजय भोग्नुको कारण र यसबाट पार्टी संगठन संरचनालाई आगामी दिनमा मजबुत पार्न खेल्नुपर्ने भुमिकाको पनि छलफल गरेको नेपाली कांग्रृस भलवाडले जनाएको छ । सम्पन्न बैठकमा नेपाली कांग्रेस वडा अध्यक्ष पदका उम्मेद्धार नारायण थापा, वडा सपभाति भुवन पौडेल, क्षेत्रीय सदस्य लोकराज गिरी, जिल्ला सदस्य श्रीधर पोख्रेल लगाएतका नेताहरुले बैठकलाई सम्बोधन गरेका थिए ।
यसपटकको पालिका चुनावको नतिजालाई आगामी दिनमा सुधारको गतिमा अगाडी बढाउन दल भित्रका आन्तरिक विवाद र उल्झनहरुलाई निराकरण गरी पार्टीको संगठन संरचना मजबुत बनाउने गरी लाग्नुपर्ने बोल्ने वक्ताहरुले बताएका थिए ।
यस्तै वडा सदस्यमा निर्वाचनबाट वडा सदस्यमा निर्वाचित वडा सदस्य चुरामणी अर्यालले पार्टीका तर्फबाट आफु उम्मेद्धार भई जनताको मतबाट निर्वाचित भएकोमा आम मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले जनताको मतलाई आफुले पूर्ण कदर गर्ने र आगामी पाँच वर्ष जनतालाई निराश गराउने कुनैपनि काम नगरी यो समय भलवाडको विकास र जनताको अपेक्षा अनुसारका विकासका काममा खर्च गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ । उहाँले पार्टीको सिँगो प्यानल विजयी नभए पनि दुई जना सदस्य निर्वाचित गराउने सबै मतदातालाई धन्यवाद दिनुभएको छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया