

अनुकुल मतपरिणाम नहुँदा सरकारमाथि धारेहात लगाउने एमालेकाे तरिका बिल्कुल बेठिक : प्रचण्ड



काठमाडौं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)ले मतपरिणाम आफ्नो पक्षमा नआउदा सरकारमाथि धारेहात लगाएको आरोप लगाएका छन् ।
उनले सबैले सफल निर्वाचन भएको बताउँदा र सबैले सहभागी जनाएको स्थानीय तहको निर्वाचनमा मतगणना हुँदै गर्दा मतपरिणाम आफ्नो पक्षमा नआउँदा एमालेले आक्रोश पोखेको दावी गरे।
सरकारको नीति तथा कार्यक्रमाथि छलफल भइरहेको प्रतिनिधसभा बैठकमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले एमालेलाई जवाफस्वरुप उक्त भनाइ राखेका हुन् ।
‘जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएको छ । यहाँ केही कमजोरी भएका छन् भने हामी सबैले आत्मसमीक्षा गर्ने पर्छ । सबै राजनीतिक दलहरुले आआफ्नै ठाउँबाट आत्ममीक्षा गर्न जरुरी छ । सरकारले पनि केही कमजोरी गरेको छ भने त्यसको आत्मसमीक्षा गर्नेपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘आउने दिनमा त्यो गल्तीलाई करेक्सन गर्ने तदारुकता देखाउनुपर्छ । तर मूलभूत रुपमा सफल भएको र हामी सबै सहभागी भएको मतगणना हुँदै गर्दा मतपरिणाम निक्लिँदै जाँदा आफ्नो पक्षमा नआउने देखिएपछि अनि सरकारमाथि धारेहात लगाउने तरिका बिल्कुल बेठिक छ भन्ने मेरो बुझाइ छ।’
नेकपा एमालेले यदी सरकारको कमजोरी भएको पत्तो पाएको भए निर्वाचन हुँदै गर्दा किन नभनेको भन्दै अध्यक्ष प्रचण्डले प्रश्नसमेत गरेका छन् ।
‘यदी त्यसो हो भने किन समयमा कुरा उठेन ? मतदान भयो । मतदातालाई धन्यवाद पनि दियौँ। मतगणना हामीले कुनै इलोक्ट्रोनीक साधनले गरेको होइन,’ उनले भने, ‘अहिलेको परिस्थितिमा मतगणना हुँदै जाँदा परिणाम अनुकुल नहुँदा एक अर्कामा दोसारोपाण गर्नु बिल्कुल ठिक होइन।’


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया