

काठमाण्डौ र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरे : प्रचण्ड



काठमाण्डाै
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ र धरानका मतदाताले दलहरुलाई प्रश्न खडा गरेको बताउनुभएको छ ।
संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले काठमाण्डौ र धरानमा स्वतन्त्रबाट चुनाव जितेकाहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र दुई फूल थपिएको बताउनुभयो । उहाँले पालिका चुनावमा दुई जना स्वतन्त्र उम्मेदवारलाई जिताएर काठमाण्डौ र धरानका नागरिकले अरु दलहरुलाई प्रश्न खडा गरेको बताउनुभयो ।
यो दलहरुका लागि झापड र चुनौती भन्दै भएको विश्लेषणमा प्रचण्डले त्यसो नभइ विशिष्ट पक्षको जित रहेको टिप्पणी गर्नुभयो । उहाँले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरका हर्क साम्पाङलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
पालिका चुनावमा नागरिकको उत्साहपूर्ण सहभागिताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सुनिश्चितता प्रदान गरेको समेत बताउनुभयो । संविधान कार्यान्वयन गर्ने दिशामा पालिका चुनाव निक्कै महत्त्वपूर्ण रहेको प्रचण्डको भनाइ छ ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया