नीति तथा कार्यक्रम : राष्ट्रिय सभाले हिजै सक्यो, प्रतिनिधिसभाले आज पारित गर्ने

काठमाडौँ

सरकारको नीति तथा कार्यक्रम आज शनिबार प्रतिनिधिसभाबाट पारित गर्ने तयारी छ । संसदको दैनिक कार्यसूचीमा उक्त कार्यक्रममाथि आज पनि छलफल जारी रहने जनाइएको छ । छलफल सकेर आजै पारित गर्ने तयारी छ ।

भोलि आइतबार (जेठ १५ गते) आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ । त्यसअघि नै नीति तथा कार्यक्रम संसदबाट पारित गरिसक्नुपर्छ ।

आजको प्रतिनिधिसभा बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पनि पेश कार्यसूची समेत रहेको जनाइएको छ । यो सर्वेक्षण पनि बजेट प्रस्तुत गर्नुभन्दा अघि नै पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

हिजो शुक्रबार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहे पनि सांसदहरुले बोल्ने क्रम नसकिएका कारण आज शनिबार पनि छलफल जारी रहने भएको हो । उता माथिल्लो सदन राष्ट्रिय सभाले भने हिजाे शुक्रबार नै छलफल सकेर नीति तथा कार्यक्रम पारित गरिसकेको छ । संघीय संसदका दुवै सदनमा उक्त नीति तथा कार्यक्रममाथि एकसाथ छलफल सुरू भएकाे थियाे ।

प्रतिक्रिया

खबर सबै