

दाङको दंगीशरण गाउँपालिकामा कांग्रेस विजयी

दाङ । दंगीशरण गाउँपालिका, दाङको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका शम्भु गिरी ५ हजार ४६७ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहलाई १ हजार ४१८ मत अन्तरले पराजित गरे । एमालेका शाहले ४ हजार ४९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७८३ मत पाए ।
उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी वली २६८ मत अन्तरले निर्वाचित भइन् । वलीले ४ हजार ५७९ मत प्राप्त गरेकी छिन् । उनी २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रकी निर्मला वलीले १ हजार ८४६ मत पाएकी छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया