

मधेशले भन्याे बाह पिताम्वर

कपिलवस्तु वैशाख २२
एमाले नेता तथा बुद्धभूमि नगरपालिका मेयरका उम्मेदवार पीताम्बर खनाल मधेस र मधेसी जनताको विकासको लागि निकै उत्साहित देखिन्छन् । घरदैलो गर्ने क्रममा उनी मधेसको पहिचान बोक्ने गरी पहिरन लगाउँछन् । महिलाको समस्या निकै चाख लागेर सुन्छन् र समाधानको लागि सङ्कल्प गर्छन् । बृद्धबुवा आमाको सम्मान गर्दै ढोग अशिर्वाद लिन्छन् । एमालेको तर्फबाट सूर्य चिन्ह लिएर निर्वाचनमा होमिएका पीताम्बरको यही शैली अहिले बुद्धभूमिमा निकै चर्चाको विषय बनेको छ ।

उनको मधेस प्रतिको सम्मानले गर्दा स्थानीय जनताले बुद्धभूमिको दक्षिणी भेगलाई समेत विकास गर्ने नेताको रूपमा चित्रण गर्न लागेका छन् ।बुद्धभूमि नगरपालिका नेकपा एमाले मेयर पदका उम्मेदवार पीताम्बर खनाल प्रति आकर्षण बढ्न लागेको छ । मधेसको उर्वर भूमि मान्दै आएको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवामा एमालेका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ ।

बिहीबार एमाले मेयरका उम्मेदवार पीताम्बर खनाल, उपमेयरमा उम्मेदवार मञ्जु थारुलाई स्थानीय जनताले जिताएर छाड्ने प्रतिबद्धता गरेका छन् । मेयर उपमेयर सहितको घरदैलोमा हजारौँको सङ्ख्यामा आएका जनताले समर्थन गर्दै वडा परिक्रममा गराएको थिए । मेयर खनालले वडामा रहेको खानेपानीको समस्या समाधान गर्ने , कृषिमा सिचाई, बिउ र मल खादको समस्या समाधान गर्ने , पहिलो वर्षमा खरको छाना मुक्त गर्न जस्तापाता वितरण गर्ने र वडालाई महाराजगन्ज डुमरा सडकमा जोड्न पुल निर्माण गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।

घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार मञ्जु थारुले पुरानो मेयर कै कारण वडामा विकास कम भएको बताउनु भयो । नगरपालिकाले भैँसी पालक कृषकहरूलाई लाभान्वित हुने स्मार्ट गाउँ कार्यक्रममामा बजेट विनियोजन गर्न समेत आनाकानी गर्दा कृषकहरू समस्यामा परेको बताउनु भयो । मधेसमा एमालेको क्रेज भएको हुँदा सयौँको सङ्ख्यामा ट्याक्टर, मोटर साइकल, जिप कार अटो रिक्सा सहितको र्याली भएको वडा अध्यक्षका उम्मेदवार नन्दलाल यादवले बताउनु भयो । वडा नम्बर ६ मा दोब्बर मतले विजयी हुने समेत यादवले बताए ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया