

एक गाउँ एक उत्पादन अभियान सञ्चालन गछौंः मेयरका उम्मेद्वार अर्याल



नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले एक गाउँ एक उत्पादनमा आफुहरुले जोड दिने बताउनु भएको छ । अध्यक्ष पदमा प्रत्यासी अर्यालले समग्र बाणगंगालाई समृद्ध बनाउन “बाणगंगा नगर समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर”को मूल प्रकरणलाई सफल तुल्याउन स्थानिय श्रोत साधनलाई आर्य आर्जन संग जोडेर लैजाने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले जंगल आसपासमा खेती किसानी गर्ने किसानको जनावरबाट हुने क्षेतीको नगरले कृषि विमा र राहत प्रदान गर्ने दावी गर्नु भयो ।
मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । अर्यालले पिपरा अस्पतालमा रेविज खोप सेवा शुरु गरी ,डिजिटल एक्सरे मेसिन जडान गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. २ का बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले वृद्ध वृद्धाका लागि घरमै स्वास्थ्य सेवा पु¥याउने बताउदै जोखिममा परेका बालबालिका तथा महिलाको उद्धार र राहतका लागि अलग्गै कोष र संयन्त्रको ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. २ का अध्यक्षका प्रत्यासी विष्णु पौडेलले आफु वडाबासीको अभिभावकको जिम्मेवारी पूर्वक काम गर्दै प्राथमिकताका आधारमा वडाका योजनाहरु सम्पन्न गर्ने बताउनुभ भयो ।
संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, एमाले नेताहरु विश्व कार्की, ताराजन घिमिरे, गोपाल भट्टराई, कमल क्षेत्री, कमल घिमिरे, नन्दराम पौडेल, हिरामणी घिमिरे, खेमराज मरासिनी, टार्मजन राना, वडा नं. २ का वडा सदस्यका उम्मेद्वार शान्ता पाण्डे, सुमित्रा दमाई, भिमलाल सापकोटा र प्रेस बहादुर रौतार थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक,मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. २ को निर्वाचन परिचान कमिटीले जनाएको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया