

“हतीयार” मार्फत गायक/सर्जक गणेश अधिकारी नीर्देशन यात्रा आरम्भ




पछिल्लो समय बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ ।लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वाला छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।सोहि क्रममा जीवनसाथी म्युजीक को प्रस्तुतिमा रहेको नयाँ लोक दोहोरी गित ‘हतीयार’ गितको अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ । चर्चित लोक दोहोरी गायिका शान्ती श्री परीयार र लोकप्रिय गायक एवम् सर्जक गणेश अधिकारीको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक अधिकारीकै उत्कृष्ट लय शब्द सृर्जन रहेको छ । प्रेममा परेका तल्लो जात मानीने युवा र उपल्लो जातकी युबती बीचको अनौठो प्रेम कथालाई आधारीत मानेर गीतमा नीकै उत्कृष्ट तरीकाले प्रस्तुत गरीयको छ ।
मायामा दम कती छ कतीयार
एक्लै लड्छु म बीना हतीयार
मुटु साटेर
तीम्रो सीउदो रङ्गाउन नपाय फाल्दीन्छु मत हातै काटेर
निकै मार्मिक र मर्मस्पर्शी शब्द र भावले सृजित गितमा अधिकारीले चोखो माया गर्ने हरुले आफ्नो प्रेम को लागी ज्यान को बलीदान सम्म दीन सकछन भन्ने कथाबस्तु चित्रण गरेका छन् । सर्जक अधिकारी पछिल्लो समयका अत्यन्तै व्यस्त गायक एवम् सर्जकको रुपमा परिचित छन् । अभाव, पासपोर्ट हरियो, वलिदान, चिहान, असल साथी, पिडाको राजधानी, तल्लो जातैको, डोको बोकेर, साचो मायाको, एयरपोर्टमा छु, शास्त्र, पैताला, देऊ न राधा देऊ, कहानी, आफ्नै खाने हो कर्म त, मेरो बहिनी पियारी लगायत थुप्रै गितहरु चर्चाको शिखरमा छन् ।
गणेश अधिकारी आफैले पहीलो पटक निर्देशन गरेको गितको म्युजिक भिडियोमा चर्चित कलाकार सारीका के सी र गणेश अधिकारी र दीपक खत्रीको मनछुने अभिनय रहेको छ । अत्यन्तै उत्कृष्ट कथाबस्तुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन एवम् सुजन साही सम्पादन गरेका छन्, गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट र मार्मिक वनेको छ ।
उक्त गितको म्युजिक भिडियो jeeban saathi अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया