

जनताका समास्या समाधानका लागि प्रतिबद्ध छु : टेक बहादुर झेँडी मगर



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.३ मा चार दलिय गठबन्धनले मतदाता भेटघाट, प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चुनाव प्रचार प्रसार कार्यक्रम तथा घरदैलो अभियानलाई गठबन्धनले तिब्रता दिइएको हो ।
गठबन्धनको तर्फबाट माओवादि केन्द्रका वडा अध्यक्षका उम्मेद्वार टेक बहादुर झेँडी मगरले घरदैलोका क्रममा वडाका जनताका कृषि, शिक्षा, स्वास्थ्य, सिञ्चाई लगाएतका समस्या रहेको बताउनु भएको छ ।
मतदाता भेटघाटका लागि जनताका घरमा पुग्नु भएका झेडि मगरले वडावासिका सबै खाले समस्या समाधान गर्ने आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले कुनै लोभ लालचमा नपरि सच्चा र र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन वडा वासि समंक्ष आग्रह गर्नु भयो ।
मतदाता भेटघाटमा महिला सदस्यका उम्मेद्वार अन्जु चौधरी, दलित महिला सदस्यमा सुन्तली परियार र खुल्ला सदस्यहरुमा सन्तलाल चौधरी र कनैंयालाल चौधरी गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् । भोट माग्न मतदाता संग पुगेका उनीहरुले ‘ब्यवस्था वदल्यौं’ वडावासिको अवस्था बदल्न आफुहरुको उम्मेद्वारि रहेकाले सम्पुर्ण वडावासिले मतदान गरेर विजयी बनाउन आपिल समेत गरेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया